
तिलोत्तमा,माघ १३।साइक्लिङ्गलाई यस क्षेत्रमा अडिग बनाउदै आएको युवाहरुको संस्था तिलोत्तमा राइडर्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ।शनिबार तिलोत्तमाको ड्राइभरटोलमा नगर खेलकुद बिकास समिति तिलोत्तामाका अध्यक्ष तथा जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जर्सी सार्वजनिक गरेका हुन् । जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले स्वास्थ्यका लागि साइक्लिङ्गले ठुलो सहयोग पुग्ने र युवा जगतमा पछिल्लो समय लोकप्रिय बन्दै गएकोले साइक्लिङ्ग प्रति युवाहरुको चाख बढेको बताए।
तिलोत्तमा राइडर्सका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बन उपभोक्ता समितिका अध्यक्ष रबिन्द्र बस्नेत,क्याप्टेन कृष्ण बहादुर कार्की, चेतन बस्नेत,आनन्दबन खानेपानीका अध्यक्ष किशोर सुबेदी, जनज्योति माविका अध्यक्ष दिवाकर ढकाल,ड्राइभरटोल हाट्बजारका अध्यक्ष राजु राना,नविन ज्योति क्लबका अध्यक्ष कृष्ण पाण्डे, जनाज्योतिका अध्यक्ष जहर सिंह राना, समाजसेवी लक्ष्मण मल्ल,श्याम केसी, महेन्द्र कार्की, यादव दर्लामी, भिम भण्डारी,अनिल भट्ट, ममता बुढाथोकी,लगायतको उपस्थितिमा राइडर्सहरुलाई जर्सी हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा मेची महाकाली यात्राका सफल राइडर्स एच बि बर्माले सबै राइडर्सहरुलाई सफल यात्राको लागि शुभकामना दिएका थिए।कार्यक्रममा बोल्दै अध्यक्ष अर्जुन गुरुंगले सफल यात्राका लागि साइकलको दुई पाङ्ग्रा जस्तै बिस्तारै तिलोत्तमा राइडर्स आफ्नै गतिमा अगाडी बढिरहेको बताएका थिए। निकट केहि महिनामै साइक्लिङ्गको ठुलो प्रतियोगिता गर्ने गरि तयारी भैरहेको बताउदै गुरुङले सबै राइडर्सहरुलाई शान्ति र एकबद्ध हुन आग्रह समेत गरेका थिए।राइडर्सका मदन ज्ञवालीको स्वागतमा शुरु भएको सो कार्यक्रमको संचालन बरुण ज्ञवालीले गरेका थिए।
कमेन्ट गर्नुहोस्