
तिलोत्तमा,माघ १३। तिलोत्तमा नगरपालिका वडा नम्बर-१४ मा रहेको सामुदायिक विधालय टिकुलीगढ माध्यमिक विद्यालय र श्री दुर्गा माध्यमिक विधालयले शैक्षिक सुधार एवम् सृजनशिल कार्यक्रमका निम्ति आफ्ना विषयक शिक्षकलाई पाहुना शिक्षकका रुपामा अध्यपनका निम्ति अन्तरविद्यालय पठाएका छन । यस पाहुना शिक्षक कार्यक्रमले एउटा विद्यालयको विषयक शिक्षक अर्को विद्यालयमा गएर सम्बन्धित विषय पढाउनुपर्छ ।
यस कार्यक्रमबाट विधार्थी र शिक्षकबिच अन्तरसम्बन्ध स्थापित हुने,विद्यालय-विद्यालय बिचमा सहयोगको भावना सृजना हुने साथै शिक्षकलाई थप हौसला पुग्न्ने कार्यपालिका सदस्य एवम् समाजिक विषय समिति संयोजक रवि सेन्चुरीले बताए। उनका अनुसार तिलोत्तमा नगरपालिकामा भौतिक विकाससगै मानवीय विकासमा जोड दिदै शिक्षामा लगानी र सो क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताए।उनले यस्ता कार्यक्रमहरुले शैक्षिक जीवनमा महत्त्वपूर्ण भुमिका खेल्ने समेत बताए ।त्यस्तै टिकुलीगढ माध्यमिक विद्यालयका प्रधानाध्यापक शकरदत्त उपाध्यायले यस्ता कार्यक्रमले शिक्षकलाई थप उर्जा थप्ने साथै सृजनशिल बनाउने भएकाले तिलोत्तमामा यो कार्यक्रम गरिएको बताए ।
त्यस्तै दुर्गा माध्यमिक विद्यालय दुर्गानगर तिलोत्तमा-१४ का प्रधानाध्यापक नेत्र केसिले विद्यार्थीहरुलाई नयाँ सिकाई अनुभव हुने साथै केही शिक्षक र विद्यार्थीहरुका लागि राम्रो अवसर हुनेभएकाले यो कार्यक्रमलाई अघि बढाएको जानकारी दिए ।शैक्षिक रुपान्तरणका लागि तिलोत्तमा नगरपालिकाले विभिन्न सृजनशिल कार्यक्रम गरेको र शैक्षिक गुणस्तरका निम्ति एक पाहुना शिक्षक आयोजनाको सुरुवात दुई स्कुलबाट गर्न पाउँदा खुसी लागेको बताए। नगरपालिकामै सिकाई हुन सक्ने भएर सुरुवात गरेको उक्त कार्यक्रम अन्तर्गत केही विषयका शिक्षक पाहुना शिक्षकका रुपमा फरक विद्यालयमा गएर अध्यायपन गराउनेछन ।
कमेन्ट गर्नुहोस्