लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाले दियो मानवसेवा आश्रमलाई ५१ लाख ५१ हजार बराबरको योजना प्रतिबद्धता

IMG

तिलोत्तमा,माघ १२। तिलोत्तमा नगरपालिकाले मणिग्राममा संचालित्  महायज्ञको अवसर पारेर मानव सेवा आश्रमलाई ५१ लाख ५१ हजार रुपैयाँ बराबरको योजना सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । नगरपालिकाले मानव सेवा आश्रमका लागि शनिवार एक कार्यक्रमका बिच नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले सो को प्रतिबद्धता ब्यक्त गरेका हुन्। मानव सेवा आश्रम निर्माणमा योजनामा लाग्ने खर्चमा सो रकम बराबरको सहयोग हस्तान्तरण गर्ने उल्लेख गर्दै उनले तिलोत्तमा नगरपालिका क्षेत्रलाई सहयोगापेक्षी मानव मुक्त सडक घोषणा गर्न मानव सेवा आश्रमले सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गरे । 


गत वर्ष पनि नगरपालिकाले आश्रमलाईजाने १ करोडको बाटो निर्माण समेत गरेको थियो। अहिले तिलोत्तमा-६ स्थित मोक्षधाम भएको स्थानमा रहेको आश्रममा देशभरका मानिस आश्रय लिएर बस्दै आएका छन् । उनीहरुको पालन पोषण र लत्ताकपडा, स्वास्थ्य उपचार र ब्यबस्थापन सम्मको ब्यवस्था सहयोगीबाट जुटाएर आश्रमले गर्दै आएको छ । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले नगरपालिकाले दिएको प्रतिबद्धतालाई आत्मासात गर्दै सहयोगका लागि धन्यवाद ब्यक्त गरे । नगरपालिकालाई यो आर्थिक बर्षभित्र सहयोगापेक्षी मानवमुक्त नगर घोषणा गर्ने योजना रहेको आश्रमले जनाएको छ ।


सो अवसरमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा अध्यक्षहरु गणेश पाठक, रमेश डुम्रे, वडा सदस्य डायमण्ड गिरी हिरा , धर्मादेवी न्यौपाने,हरि पन्तसंगै प्रमुख बाचक कमलनयनाचार्य गुरु, हास्य कलाकार मनोज गजुरेल, मानवसेवा रुपन्देहीका अध्यक्ष लोकनाथ भुसालको उपस्थिति रहेको थियो।  सोहि अवसरमा सिद्धार्थ नगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान र नगर उप प्रमुख उमा अधिकारीले समेत २१ लाख बराबरको योजना दिने घोषणा गरेका छन्। 

कमेन्ट गर्नुहोस्