लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक बिद्यालय एक सृजनशील कार्यक्रम, विद्यार्थीलाई २ दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम

IMG

तिलोत्तमा,माघ १२।तिलोत्तमा नगरपालिका आयोजनामा एक बिद्यालय एक सृजनशील कार्यक्रम अन्तर्गत २ दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ। शुक्रबारदेखि शुरु भएको तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको तालिम उद्घाटन गर्दै नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव गंगाराम आचार्यले शैक्षिक क्षेत्र ब्यबाहरिक बन्नुपर्नेमा जोड दिए । उनले तिलोत्तामाका सामुदायिक बिद्यालयका विद्यार्थीको क्षमता तथा दक्षता वृद्धिका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताए । उनले तिलोत्तमका बिद्यार्थी देशभरमै अब्वल बनेर निस्कनुपर्नेमा जोड पनि दिए ।


पशुपति माविमा भएको सो कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि समेत रहेका नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक रवी सेन्चुरीले शैक्षिक क्षेत्रमा विद्यार्थीलाई सृजनशील बनाउन र ब्यबहारिक शिक्षाका लागि एक कदम अगाडी बढाउन नगरपालिकाको ठुलो पहल भइरहेको बताए । एक बिद्यालय बाट २ जनाको दरले २१ बिद्यालयको सहभागिता रहेको सो तालिमको गोपाल पन्थी र माया घिमिरेले प्रस्तावना लेखनबारे सहजीकरण गरेका थिए । सहभागी बिद्यार्थीले व्यक्तिगत रुपमा र विभिन्न तीन समूहमा प्रस्तावनाको नमूना तयार परेका थिए ।पशुपति माविका प्रधानाध्यापक बेद नारायण भट्टराईको स्वागत तथा सहायक प्रधानाध्यापक चक्रमणि आचार्यको संचालनमा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अर्चित श्रेष्ठको अध्यक्षता रहेको थियो। 

कमेन्ट गर्नुहोस्