लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तोरी बालीमा दिएको अनुदानले तिलोत्तमाका कृषक खुसी

IMG

तिलोत्तमा,माघ १० गते २०८१।रुपन्देहीको तिलोत्तमामा यस वर्ष नगदे बालीको रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ। यस वर्ष मल तथा बीउको अभाव, सिंचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि शाखा प्रमुख तिलोत्तमाका दोमलाल भुसालले बताए। तेलहन पकेट कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिकाले २ लाख ५० हजार , उपभोक्ता किसानबाट २ लाख गरि जम्मा ४ लाख ५० हजारको लागतमा सो खेति गरिएको हो। 


विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा केहि कमी आए पनि यस वर्ष बाँझो जमिन र अनुदानका तेलहन बिऊले उत्पादन बढ्ने भएपछि तोरी खेती गर्ने किसानसमेत खुसी भएका छन्। उनका अनुसार नगरमा यस वर्ष नगरपालिकाले बिऊ वितरण गरि तिलोत्तमा-८ मा ५८ हेक्टर र मौरी चरण कार्यक्रम अन्तर्गत अन्य वडाका क्षेत्रमा गरि कुल १ सय ५८ हेक्टर जमिनमा उन्नत जातको तोरी बितरण गरि खेती गरिएकामा १.२ मेट्रिक टन प्रति हेक्टर तोरी उत्पादन हुने अनुमान छ। गत वर्ष नगरमा किसानले गरेको खेती अनुसार ०.७ प्रति हेक्टर मेट्रिक टन तोरी उत्पादन भएको थियो। अहिले तोरीको अनुदानको बिऊ र समयानुकुल मौसम तथा बाँझो जमिनको पनि सामुहिक खेतीको प्रभावले प्रति कठ्ठा ४० किलो फाल्ने अनुमान छ। 


तोरी खेतीका लागि पकेट क्षेत्र मानिएका वडा नम्बर-८ का ज्योतिनगर, प्रदिप नगर , दिप नगर, करहिया क्षेत्रमा तोरी उत्पादन बढ्ने देखिएको हो। विशेष गरेर यस क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँ,मकै खेती छाडा छडिएका गाइबस्तु लगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन्।त्यसो त पकेट क्षेत्रमा लगाइएको तोरीमा तारबार समेत गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए।नगदे बालीको रुपमा रहेको तोरी खेति तर्फ किसान आकर्षित भएको र अनुदानले झन् उत्साह थपेको वडा अध्यक्ष पौडेलले प्रतिक्रिया दिएका छन्।पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायसी प्रयोग र व्यवसायिक प्रयोजनका लागि तोरीखेती गर्न लागेका अध्यक्ष पौडेलले बताए। तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पुर्‍याउने भएकाले तोरीखेती गर्ने किसानको संख्या बढेको वडा अध्यक्ष पौडेल बताउँछन्।


तोरी खेति गर्ने किसानको खेतमै गैर गरिएको अनुगमन तथा अबलोकनमा कृषक संजाल तिलोत्तमा-८ का अध्यक्ष गोबिन्द गौतम,उपाध्यक्ष सिता पाण्डे,सदस्य तेज प्रसाद भट्टराई,हरि प्रसाद पाण्डे, अनुगमन समिति संयोजक रवि पाण्डे लागयातले बोल्दै तिलोत्तमा नगरपालिकाको बजेट नीति अनुसार वडा नम्बर-८ को पहलमा गरिएको किसानका लागि तेलहन पकेट कार्यक्रमले कृषकमा थप उत्साह थपेको बताएका छन्।नगरपालिकाले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिंचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरी लगायतका तेलहन बालीको उत्पादन बढेको हो। 



कमेन्ट गर्नुहोस्