
तिलोत्तमा,माघ ८।रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शान्तिकुन्जका ८५ वर्षिय एक वृद्ध सडकमा छाडा रुपमा छाडिएका गोरुको आक्रमणबाट घाइते भएका छन् । बिहान ११ बजे घरको गेटबाट बाहिर निस्कने क्रममा शान्तिकुन्ज पथका ८५ वर्षिय भुवनेश्वर भण्डारी छाडा गोरुको आक्रमणमा परी घाइते भएका हुन् ।घरबाट बाहिर निस्कने बेला गोरुले आक्रमण गर्दा भण्डारीको हात र खट्टामा गहिरो चोट लागेको उनका छोरा गंगाधर भण्डारीले जानकारी दिए ।
गंगाधरका अनुसार गोरुको सिंगले बुबालाई लछारपछार गरेको थियो । जसले गर्दा हात र खुट्टामा लछारपछार गर्दा गहिरो चोट लागेको छ । घाइते बुबाको बुटवलस्थित मेडिटेक अस्पतालमा उपचार भइरहेको छोरा गंगाधरले जानकारी दिए।तिलोत्तमामा छाडा चौपायाको व्यवस्थापन प्रयास सफल हुन नसक्दा सडक दुर्घटनाका क्रमिक रुप वृद्धि भएका छन् । स्थानीय सरकारले छाडा चौपायाको व्यवस्थापनमा विशेष रुपमा ध्यान पुर्याउन स्थानीयले तिलोत्तमा नगरपालिकासँग माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्