लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भाेलिदेखि मणिग्राममा भब्य महायज्ञ सुरू,३ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य

IMG

तिलोत्तमा,माघ ६। मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ तयारी पूरा भएको छ । मानवसेवा आश्रमले सोमबार (भोलि) देखि रुपन्देहीको तिलोत्तमा-५ मणिग्राम (प्रदर्शनी हुने स्थान) मा महायज्ञ सञ्चालन गर्दै छ ।


आश्रमलाई तन, मन, धनको त्रिवेणीबाट योगदान पुर्‍याउनु हुने सम्पूर्ण उदारमन दाताको लागि कृतज्ञ ज्ञापन गर्ने उद्देश्यले आयोजना हुन लागेको  महायज्ञमा सहभागी हुन आश्रमकाका सबैजना पदाधिकारी अभियन्ता र कर्मचारी लगायत कथा वाचक भागवत भास्कर कमलनयन गौतमको टिम महायज्ञ स्थल पुगिसक्नु भएको मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभएकाे छ। तिलोत्तमा–५ मणिग्राममा सोमबार  ७ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञबाट ३ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक लोकनाथ भुसालले बताउनु भयो  ।


महायज्ञ भोलि बिहान १० बजे  शोभा कलश यात्राबाट सुरु भई दिउँसो १२ः३० बजे लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आश्रमले जनाएको छ ।तिलोत्तमा शाखाले हालसम्म १२ सय ५० जनाभन्दा बढी बेसहारा, असहाय, अपाङ्ग, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिस, अभिभावकविहीन लगायत जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । आश्रमले हालसम्म ३ सय १५ जनाको सुखद पारिवारिक पुनर्मिलन गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्