
तिलोत्तमा,माघ ५ गते २०८१। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था मिलाएसंगै तिलोत्तमा नगरपालिकाका सबै वडाले अनलाईन सिफारिस शुरु गरेको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिशको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले नागरिकता सिफारिशको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।
गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड नम्बरसहित प्रशासनमा पठाउँछन्। सङ्केत नम्बर लिएर आउने सेवाग्राहीको विवरण रूजु गरेर प्रशासनले नागरिकता प्रदान गर्छ ।यसका लागि तिलोत्तमा नगरपालिकाले वडाका सबै वडा सहिवहरुलाई सो सम्बन्धी तालिम दिएर कार्य शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो। अब वडामा पेश गरेको कागजात हेरी वडा कार्यालयले नागरिकताको लागि सिफारसि गर्न सक्ने र कागजात बोकेर हिड्ने झन्झट नहुने हुनाले सेवाग्राहीलाई थप सहज हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो।
कमेन्ट गर्नुहोस्