लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको रुखमा घाँसदाउरा गर्दा लडेर एकजनाको गयो ज्यान

IMG

तिलोत्तमा,माघ ३। तिलोत्तमा रुख लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा-११ चौकीडाँडा निवासी ५५ बर्षिय रन बहादुर आले रहेका छन । बिहिबार दिउँसो तिलोत्तमा ८ करहिया सामुदायिक बनक्षेत्र अन्र्तगत ज्योतिनगर हुदै दीपनगर जाने सडक छेउमा रहेको रुखमा घाँस काटन चढेका आले रुखको हाँगासँगै एक्कासी भुईँमा लड्न पुग्दा गँभीर घाइते भएका थिए ।


 उपचारका लागी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजादै गर्दा आलेको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार आलेले काटदै गरेको रुखको हागाँ हाइटेन्सन लाइनमा छोइन पुग्दा करेन्टको झटकाले उनी लडन पुगेको अनुमान गरेका छन । तुरुन्तै अस्पताल लगिए पनि बाटो मै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।   


कमेन्ट गर्नुहोस्