लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका "ग"बर्गका अपाङ्गता भएकालाई जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न

IMG

तिलोत्तमा, पौष २४ गते २०८१। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम शान्ति नमुना बिद्यालयको प्रांगणमा बुधबार सम्पन्न भएको हो । 


सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले अपाङ्गता भएका ब्य्कतिले पनि आय आर्जनसंग सम्बन्धित तालिम लिएर निकै प्रगति गरेका उदाहरणहरु समाजमा भएकाले दृढ संकल्प गरेर गैर अपाङ्गता भएकाले जस्तै सहज रुपले काम गर्न सक्ने बताईन।  उहाले बजेटमा ग बर्ग अपाङ्गता भएकालाई समेट्दा पनि राज्यको तर्फबाट सो कार्यमा बाधा पुर्याएकोमा चिन्ता व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यक्रम मार्फत त्यस्ता व्यक्तिलैई समेट्ने बताईन। सो अवसरमा कार्यपालिका सदस्य राधा शाही, शान्ति नमुना बिद्यालयका प्राचार्य कुल प्रसाद लामिछाने, प्रशिक्षक प्रतिमा पन्थ लगायतले बोल्दै अपाङ्गता भएका अव्यक्ति पनि अन्य व्यक्ति जस्तै समाजमा प्रतिष्ठित भएर जीवनयापन गर्न आय आर्जन संग सम्बन्धित तालिम र व्यवसाय गर्ने सक्ने र तिनिहरुलाई समाजले अवसर दिनुपर्ने बताएका थिए। 


स्थानीय महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको महिला तथा बालबालिका शाखाकी अधिकृत सम्झना भण्डारीले बताइन् ।तालिममा सहभागीहरूलाई तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरी, कार्यपालिका सदस्य राधा शाही, शान्ति नमुना बिद्यालयका प्राचार्य कुल प्रसाद लामिछाने, प्रशिक्षक प्रतिमा पन्थ लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।


सहभागीहरूलाई प्रतिमा पन्थ र भोगमाया खनालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीका तर्फबाट आफ्नो मन्तव्य व्यक्त गर्दै सहभागीहरुले तालिम धेरै नै उपलब्धिमूलक भएको बताए ।तालिममा १५ जना अपांगता भएका महिला तथा पुरुष सहभागी भएको तिलोत्तमा नगरपालिका महिला तथा बालबालिका शाखाकी अधिकृत सम्झना भण्डारीले जानकारी दिइन् । सहभागीहरुले बनाएका सामाग्री समेत प्रदर्शन गरिएको सो कार्यक्रममा तालिम पश्चात सहभागी सबैलाई सहज होस् भनी एउटा चप्पल जुत्ता सिउने मेसिन र सामग्री  हरु बितरण गरिएको थियो। 

कमेन्ट गर्नुहोस्