लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एन्फा महिला लिगमा पुलिसले वालिङलाई ५ गोलले हरायो

IMG

तिलोत्तमा,पौष १९ गते।एन्फा महिला फुटबल लिग अन्तर्गत अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुलिसले वालिङलाई ५–० गोलले हरायो ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् ।


एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए । अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ ।दोस्रो चरणको सुपर फाइभमा पुलिस र वालिङसहित त्रिभुवन आर्मी, बाग्मती युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पुगेका छन् ।

कमेन्ट गर्नुहोस्