
तिलोत्तमा,पौष १८ गते २०८१।बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दिन बुधबार सबै प्रतियोगिता सकिएको मेला प्रचार प्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराए ।
मेलामा आयोजना गरिएको भ्वाईस अफ बुटवल र डान्स च्याम्स अफ बुटवलको पनि फाईनल भएको छ । मेलामा आयोजना गरिएको भ्वाईस अफ बुटवलको उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम निवासी प्रवेश न्यौपानेले प्राप्त गरेका छन । भ्वाईस अफ बुटवलको उपाधि सहित न्यौपानेलाई ५५ हजार रुपैंया नगद पुरस्कार, प्रमाण पत्र, गिफ्ट ह्याम्पर प्रदान गरिएको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजुले जानकारी गराए ।त्यसैगरी भ्वाईस अफ बुटवलमा पर्वत रानीपानीका पवन अधिकारी फस्ट रनर अप र देवदह ७ का सचिन विश्वकर्मा सेकेन्ड रनर अप भएका छन । उनीहरुलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी खुल्ला लोक दोहोरी गित प्रतियोगितामा खस्यौली रोधी क्लब बुटवल प्रथम भएको छ । बुधबार भएको फाईनल प्रतिस्पर्धामा दरवार रोधी क्लब काठमाडौंलाई पछि पार्दै खस्यौली प्रथम भएको हो । प्रतियोगितामा दरवार रोधी क्लब द्वितीय भएको छ । त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागलुङ समान अंक सहित तृतीय भएका छन् ।प्रतियोगितामा प्रथम हुने खस्यौली रोधी क्लब बुटवलको समुहलाई ७५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । त्यसैगरी द्वितीय हुने दरवार रोधी क्लब काठमाडौंको समुहलाई ५० हजार, तृतीय हुने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागलुङको समुहलाई समान १८ हजार हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी मेलामा आयोजना गरिएको टिकटक प्रतियोगितामा टिकटकर नेत्र न्यौपाने प्रथम, ऊसा खत्री द्वितीय र गणेश सापकोटा तृतीय भएकी छिन । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिकटकर न्यौपाने, खत्री र सापकोटालाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।डान्स च्याम्स अफ बुटवलको उपाधि बुटवल प्रगतिनगरका किरण मगरले प्राप्त गरेका छन । उनलाई उपाधि सहित ३५ हजार रुपैंया नगद पुरस्कार, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगितामा बुटवल देवीनगरका जोयना थापा फस्ट रनर अप र बुटवल लक्ष्मीनगरकी संजीता मगर सेकेन्ड रनर अप भएका छन । उनीहरुलाई पनि क्रमशः २० हजार रुपैंया र १० हजार रुपैंया नगद पुरस्कार, प्रमाण पत्र सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ गतेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिएको मेलामा खुल्ला लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल, टिकटक प्रतियोगिता सहित विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, व्युटी प्रतियोगिता गरिएको थियो ।
मेलामा बुधबार आधुनिक गायिका देवीका बन्दना, अस्मिता अधिकारी, आधुनिक गायक महेश काफ्ले, लोक तथा दोहोरी गायिका राधिका हमाल, राजु ढकाल, पूर्णकला विसी, श्यामकला भण्डारी, दुर्गा सापकोटा, रितु शाही, बसन्ता खनाल, हास्य कलाकार पुरुषोत्तम भण्डारी लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो। मेला आज १८ गते विहिबार सकिने छ । मेलाको समापनमा उत्कृष्ट स्टल, प्रायोजक लगायतलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार समितिका संयोजक चापागाईले जानकारी गराए ।
कमेन्ट गर्नुहोस्