लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा मणिमुकुन्द र त्रिभुवन आर्मी विजयी

IMG

तिलोत्तमा,पौष १८ गते २०८१। इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् ।बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा आर्मीले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३–१ को सेटमा हरायो । पहिलो सेट गुजरातले २५–१५ ले जितेको थियो । आर्मीले दोस्रो सेट २९–२७, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्यो ।


यस्तै मणिमुकुन्दले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो । मणिमुकुन्दले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–२१ ले जित्यो । प्रतियोगिताको आजको तेस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गल्कोट भलिबल क्लब खेल्दैछन् ।यही पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

कमेन्ट गर्नुहोस्