लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

किशोरकिशोरीहरुमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका लागि तिलोत्तमामा पैरवी कार्यक्रम

IMG

तिलोत्तमा,पौष १७गते।"बृहत्तर यौनिकता शिक्षा अन्तर्गत लिङ्ग र लैङ्गिकता, सम्बन्ध एवम् यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका महत्त्व र आवश्यकता विषयक पैरवी"तिलोत्तमामा शुरुवात भएको छ। तिलोत्तामाका १७ वडा मध्ये करिव ५ वटा वडाका १३ बढी बिद्यालयमा संचालन गरिएको सो कार्यक्रम सिविन नेपाल (नेपाल बाल मजदुर सरोकार केन्द्र)को आयोजना र तिलोत्तमा नगरपालिकाको समन्वयमा भएको थियो। 


सुफासेक परियोजना अन्तर्गत दौंतरी शिक्षक अर्थात् साथी शिक्षकको रूपमा तिलोत्तमा नगरपालिकाबाट छनोट भई तिलोत्तमा नगरपालिका अन्तर्गतका  विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरू गरी कुल १३ वटा विद्यालयका २ सय ८५ जना किशोर र २ सय ७५ जना किशोरी गरी कुल ५ सय ६० किशोरकिशोरीहरुलाई पैरवी सञ्चालन गरिएको नगर बाल संजालका अध्यक्ष तथा पैरवी प्रशिक्षक विवेक खड्काले बताए। गत मंसिर ९ गते (आइतबार) बाट सुरु भई पौष २ गते (मंगलबार) सम्म संचालन भएको पैरवी कार्यक्रमले यौनिकता शिक्षा अन्तर्गत लिङ्ग र लैङ्गिकता, सम्बन्ध एवम् यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका महत्त्व र आवश्यकताको बिषयमा किशोरकिशोरीहरुमा जनचेतना ल्याएको प्रशिक्षक खड्काले बताए।


सो कार्यक्रम संचालन गर्नुका उदेश्यलाई प्रशिक्षण कार्यक्रममा निम्नानुसार समाबेश गरिएको थियो। 

पैरवी सञ्चालन गर्नुको उद्देश्यहरू

१) किशोर अवस्थामा आउने विभिन्न मानसिक, सामाजिक परिवर्तनहरू बारे सचेत गराउने 

२) लिङ्ग र लैंगिकबारे स्पष्ट पार्दै लैंगिकताका आधारमा हुने विभेदको अन्त्य गर्न 

३) स्वस्थ र हानिकारक सम्बन्धबारे प्रष्टपार्दै स्वस्थ सम्बन्ध स्थापित गर्न प्रेरित गर्न 

४)यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका महत्त्वबारे प्रष्ट पार्न 

५) बाल हेल्पलाइन १०९८ मा किन सम्पर्क गर्ने भन्नेबारे आम-बालबालिकाहरुलाई जानकारी गराउन

६) तिलोत्तमामा बालबालिकाहरूको क्षेत्रमा भए गरेका सफल अभ्यासहरुबारे जानकारी गराउँदै आम-बालबालिकाहरुबाट सुझाब संकलन गर्न

आगामी दिनमा तिलोत्तामाका १७ वडाका सबैजसो बिद्यालयमा सो कार्यक्रमलाई बिस्तार गरिने प्रशिक्षक खड्काले बताए।



कमेन्ट गर्नुहोस्