लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजदेखि इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता शुरू

IMG

तिलोत्तमा,२०८१ पौष १७ गते । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवलको रामनगर खेल मैदानमा हुने प्रतियोगिताको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स  एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गजरात स्टेट भलिबल एसोसियशन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरी आठ टोली सहभागी हुनेछन् ।


प्रतियोगितामा प्रथमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।मदन भण्डारी स्पोर्ट्स एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा काठमाण्डौ बाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशिको भलिबल प्रतियोगिताको पहिलो चरणमा टिकट दर तीन सय रुपैयाँ तोकिएको छ ।

कमेन्ट गर्नुहोस्