लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको १३७ औँ नगरसरसफाई शृंखला वडा नम्बर-९ मा

IMG

तिलोत्तमा,पौष १६ गते।तिलाेत्तमा नगरपालिकाकाे ग्रिन तिलाेत्तमा क्लिन तिलाेत्तमा अभियानकाे १३७ आौ नगर सरसफाई शृंखला २०८१ पौष १५ गते वडा नम्बर ९ काे नन्देस्वर टोलको विश्वशान्ती स्कुलमा अगाडि व्यापक जनसहभागितामा सम्पन्न भएकाे छ ।वडा सचिव माया गैरेले सञ्चालन गर्नु भएकाे यस सरसफाई अभियान कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष धुर्ब न्यौपानेकाे अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाणकाे प्रमुख आतिथ्य रहेको थियो।कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले सरसफाइ आफ्नै घरबाट सुरु गर्नुपर्नेमा जोडदिनुभएको थियो, सरसफाइले मानिसको स्वास्थमा पनि धेरै असर गर्ने भएकोले सर्सफाइलाई धेरै ख्याल गर्नु पर्ने वहाँको भनाइ थियो।


सरसफाई कार्यक्रमा वडा नं ९ का वडा सदस्यहरू, स्वयम सेबिका, बिभिन्न आमा समुहहरु, वडाका राजनैतिक दल प्रतिनिधिहरू, वडामा रहेका क्लब, बाल क्लब, टाेल विकास संस्थाका पदाधिकारीहरू,बिभिन्न संघ सस्थाका कर्मचारी, नगर प्रहरी, सहकारी संस्थाका पदाधिकारी लगायतकाे सहभागीता रहेकाे थियाे । तिलाेत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते सरसफाइ अभियान नियमित गर्दै आएको छ ।त्यसै गरी आजै नगरप्रमुख रामकृष्ण खाणको उपस्थितिमा तिलोत्तमा वार्ड नम्बर ९ स्थित ज्ञानोदय चोकको पूर्व पश्चिम सडक खण्डमा बेगनबेली जातका ८१ वटा फुलका बोट लगाइएका छन ।

कमेन्ट गर्नुहोस्