
तिलोत्तमा,पौष १६गते २०८१। प्रदेश स्तरीय मिस्टर एण्ड मिस बिश्वकर्मा लुम्बिनीको उपाधि क्रमसः सबिना बिक र प्रशान्त सुनारले जितेका छन् । आइतबार तिलोत्तमास्थित होटल टुलिपको सभाहलमा आयोजित ग्राण्ड फिनालेबाट सबिना बिक र प्रशान्त सुनारले उपाधि जितेका हुन् ।उनीहरुले उपाधिसंगै नगद १५-१५ हजार नगद र आकर्षक गिफ्ट ह्यम्पर प्राप्त गरे ।
त्यस्तै मिस बिश्वकर्मा फस्ट रनर अप बिनिता सुनार र सेकेन्ड रनरअप सन्ध्या खाती घोषित भए । त्यसैगरि मिष्टर बिश्वकर्मा फस्ट रनर अप संजय सिंह बिश्वकर्मा र सेकेन्ड रनर अप प्रिन्स सुनार घोषित भएका थिए ।घोषित सबैले ट्रफी र गिफ्ट हम्परमा चित्त बुझाए ।ग्रण्ड फिनालेमा जम्मा १९ जनाको सहभागिता रहेको थियो ।
उनीहरुले सांस्कृतिक पहिरनमा ओपनिङ्ग नृत्य प्रस्तुत गरि उपस्थित दर्शक तथा अथितिहरुलाई स्वागत गरेका थिए ।ग्रण्ड फिनालेका निर्णायकहरुमा गायक तथा संगीतकार सौगात सायर, ड्रेस डिजाइनर हिरा पंगेनी, पुर्व विनर विश्व बिश्वकर्मा, गायक अनिल परियार, संजय बिश्वकर्मा रहेका थिए । यसैगरी टप मोडल,बेस्ट पपुलर,बेस्ट क्यट् वक, बेस्ट फोटोजेनिक, बेस्ट पर्सनालिटी द राइजिङ स्टार लगायत बिधाहरुमा पनि पुरस्कार बितरण गरिएको थियो ।
फिनालेको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले गरेका थिए। बि ब्रोस इन्टरटेन्मेण्ट्को आयोजनामा बिस्वकर्मा समुदायका युवाहरुको प्रतिभालाई प्रस्फुटन गराउनका लागि यस प्लेट्फर्म उपलब्ध गराएको र यसलाई निरन्तरता दिने आयोजकका चियर मेन सञ्जय बिश्वकर्माले जानकारी दिए । कार्यक्रमममा प्रतियोगिताकी ट्रेनर तथा कोरियोग्राफर सुजाता गहतराज, तिलोत्तमाका कार्यपालिका सदस्य रवि सेन्चुरी, मिना दियाली, सुनचांदी व्यवसायी समिति तिलोत्तमका अध्यक्ष कृष्ण रसाइली, बुटवलका अध्यक्ष गकुल बिश्वकर्मा, डक्टर सुनिल बिश्वकर्मा, दिपक सेन्चुरी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पवन रामदामले गरेका थिए। प्रतियोगितामा विनर हुने २ जनालाई र वाइल्ड कार्ड तथा स्वत:स्फुर्त रुपमा आउनेहरु मिस एण्ड मिस्टर बिश्वकर्मा नेपाल ( केन्द्रिय ) कार्यक्रम हुने र त्यसमा सहभागी हुने आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्