
तिलोत्तमा,पौष १० गते।चर्चित भारतीय गायक सोनु निगमले क्रिसमसको अवसरमा बुधबार बेलुका काठमाडौंमा भव्य सांगीतिक प्रस्तुति दिएका छन् । यो समाचार लेख्दासम्म बौद्धस्थित हायात रिजेन्सीको चौरमा कन्सर्ट आयोजना भैरहेको छ ।‘सोनु निगम लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टमा झण्डै १० हजार दर्शक सहभागि रहेको आयोजक नेपाल टचले जनाएको छ । आफ्ना चर्चित बलिउड गीतमा गुञ्जिँदै निगमले दर्शकलाई मनोरञ्जन दिएका छन् ।
दर्शकले पनि निगमका गीतमा चिसिँदो मौसममा झुमेर आनन्द लिइरहेका छन् । ७ बजेर ३० मिनेट जाँदा स्टेज चढेका निगमले ब्याण्डसहित प्रस्तुति दिइरहेका छन् । उनले आज करिव २ दर्जन गीत गाउने र त्यसमा नेपाली गीत ५ वटा गाउने कार्यक्रम रहेको छ। स्टेजमा चढे लगत्तै उनले नेपालले आफूलाई प्यार दिएको भन्दै दर्शकलाई धन्यवाद दिए । निगमलाई सुन्न हायातको चौरमा चर्चित नेपाली संगीतकर्मी पनि पुगेका छन् ।बुधबार अपरान्ह काठमाडौं उत्रिएका निगम भोलि बेलुका दिल्ली फर्किने कार्यक्रम छ। त्यसअघि उनले विहिबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।
कमेन्ट गर्नुहोस्