
तिलोत्तमा,पौष ७ गते २०८१। बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई मध्यनजर गर्दै आद्योगिक तथा व्यापारिक नगरी बुटवलमा स्थापना भएको शाइन रेसुङ्गा बैंक अहिले मुलुकको एउटा सफल बैंकका रुपमा परिचित बनेको छ । मर्जर भएर पनि मोफसलको अस्तित्व बचाइराखेको बैंक हो, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक । बुटवलमा खुलेको शाइन डेभलपमेन्ट बैंक र गुल्मीमा खुलेको रेसुङ्गा बैंकसँग मर्जर भएपछि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो । त्यसपछि भने निरन्तर यो बैंकले मात्र अहिले आफ्नो अस्तित्व रक्षा गरेको छ । बुटवलमै सुविधासम्पन्न भवनमा यसले आफ्नो प्रधान कार्यालय बनाएको छ, सेवा प्रदान गर्दै आएको छ । वित्तीय साक्षरतासहित समृद्ध मुलुक निर्माणको लक्ष्यलाई आत्मसात् गर्दै यो बैंंक निरन्तर अघि बढिरहेको छ ।
विसं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको यस बैंक २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुंगा विकास बैंकसँग मर्ज भएका (गाँभिएका) थिए । त्यसपछि २०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई समेत सामेल गरेर अर्को खुड्किलो उक्लिन सफल भयो । अहिले राष्ट्रियस्तरको अब्बल विकास बैंकका रुपमा शाइन रेसुङ्गा बैंक स्तरोन्नति भएको छ, अवार्डसमेत प्राप्त गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र अध्यक्ष थानेश्वर पौडेलसहित यसमा आबद्ध सञ्चालक, कर्मचारीहरुको मिहिनेत र ग्राहकको विश्वासले बैंक प्रदेशस्तरमै पहिलो बन्न पुगेको हो । अरू बैंकलाई मर्ज गराएर आफ्नो अस्तित्व रक्षा गर्दै बुटवलमा केन्द्रीय कार्यालय रहेको यस बैंकले शहरी र ग्रामीण दुवै क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको छ र अलग पहिचान बनाइरहेको छ ।
कमेन्ट गर्नुहोस्