
तिलोत्तमा,पौष ६ गते।स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचाँदी पसलद्धारा प्रयोजित गरिएको तथा मण्डे फेन्ड्स क्लव बुटवलको आयोजानमा जारी खुल्ला फुटसल प्रतियोगीताको उपाधी हिमालय एफसीले हातपारेको छ । अभिषेक चर्चलाई ४ गोल गर्दै हिमालय एफसी काठमाण्डौ प्रथम भएको हो । प्रथम हुँदै हिमालय एफसीले नगद १ लाख १ हजार १ सय ११ नगद सहित ट्रफि हाता पारेको हो । २ का विरुद्ध ४ गोल गर्दै हिमालयले उपाधी कब्जा गरेको हो । प्रतियोगीतामा उप विजेता भएको अभिषेक चर्च ले नगद ५० हजार १ सय ११ रुपैया प्राप्त गरे । प्रतियोगीतामा बेस्ट पेलेयर अभिषेक चर्ज नवलपरासी सुभराज महत भए । उनले नगद ५ हजार पुरस्कार समेत पाए । यस्तै बेस्ट गोलकिपर हिमाल् एफ सि काठमाडौं दिपेसश्रेष्ठ ,उत्कृष्ट खेलाडी देबदह ब्याइज सुरज चैधारी भए । उनिहरुले ५÷५ हजार नगद सहित पुरस्कृत भएका हुन ।
प्रतियोगीतामा शशस्त्र प्रहरी वल नेपाल भैरहवा प्रहरी उपरिक्षक आनन्द थापा, क्लवका कार्यावाहक अध्यक्ष रवि विश्वकर्मा, खेल संयोजक सुरज थापा लगायतले विजयी टिमलाई पुरस्कार प्रदान गरेका थिए ।साथै प्रतियोगीतामा पुर्व राष्ट्रिय फुटसल खेलाडी विक्रम सेन ठकुरीलाई नगद २१ ह्जार १ सय २० रुपैयाँ सहयोग गरिएको क्लवका कोषाध्यक्ष हरि पोखरेलले जानकारी दिए । योगीकुटीस्थित स्वर्णिम फुटसलमा आयोजना भएको प्रतियोगितामा काठमाण्डौको सहित रुपन्देही, नवलपरासीको गरि २० टिमले भाग लिएका थिए । प्रतियोगितामा जिल्ला बाहिरबाट सहभागी बाहिर टिमलाई आवासिय सुविधा समेत प्रदान गरिएको थियो । सोही कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका खेलाडी सहित विद्यार्थीहरुलाई ३० हजार रुपैयाँ बराबरको आर्थिह सहयोग समेत प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्