
तिलोत्तमा, पौष ५ गते। पाल्पा जिल्लामा विस्फोटक पदार्थ विष्फोट हुँदा एक जनाको मृत्युु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हँुदा एक जनाको मृत्युु भएको हो ।बुढाचटकका मदन सोमैको घर पछाडी आँगनमा सलाईको काँटीबाट माछा मार्नको लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विष्फोट हुन जाँदा सोही ठाउँका २८ वर्षीय सुरज सोमैको मृत्युु भएको हो ।
उनको बुटवल हस्पिटल प्रा.लि. रुपन्देहीमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।विस्फोट हुँदा अन्य दुुई जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगर घर भई विहीबार साँझ मदन बहादुर सोमैको घरमा आएका २१ वर्षीय कोशिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहेका छन् ।
कमेन्ट गर्नुहोस्