
तिलोत्तमा, पौष ५ गते।मण्डे फेन्ड्स क्लव बुटवलको आयोजानमा राजधानी वाहिरको सबैभन्दा ठुलो धनरासीको खुल्ला फुटसल प्रतियोगीता बुटवमला सुरु भएको छ ।स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचाँदी पसलद्धारा प्रयोजित गरिएको प्रतियोगिताको शुक्रबार समाजसेवी धनकला विश्वर्काले खेलका मुख्य रेफ्रीलाई बल तथा अन्य सामग्री प्रदान गरी खेलको शुभारम्भ गरिएको हो ।
प्रतियोगिता शुभारम्भ कार्यक्रममा क्लबका अध्यक्ष रबि विश्वकर्मा, खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारी लुम्बिनी प्रदेश साईकिलिङ्ग संघका अध्यक्ष पत्रकार स्वस्तिक श्रेष्ठ सहितको सहभागीता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उप–विजेता टिमले नगद ५० हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुरज थापाले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर र उत्कृष्ट गोलकिपरलाई नगद ५–५ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगीकुटीस्थित स्वर्णिम फुटसल एरियामा हुने प्रतियोगितामा काठमाण्डौको एक टिमसहित रुपन्देही, नवलपरासीको गरि २० टिमले भाग लिएका छन । क्लवका कोषाध्यक्ष हरि पोखरेलले लामो समयपछि प्रतियोगिता आयोजना गर्न लागेको बताए । करिब साढे ४ लाख रुपैया खर्च अनुमान गरिएको प्रतियोगिताबाट बचेको रकम पुर्व खेलाडी विक्रमसिह ठकुरी आर्थिक सहयोग र युवाहरुलाई खेलकुद सामग्री वितरण गरिने उनले बताए। प्रतियोगितामा सहभागी बाहिर टिमलाई आवासिय सुविधा समेत प्रदान गरिएको छ ।
कमेन्ट गर्नुहोस्