लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबामा ढुंगा खसेर सुरुङमार्गको कम्प्रेसर मेसिन ध्वस्त, एकतर्फी बाटो अवरुद्ध

IMG

तिलोत्तमा, पौष ४ गते।सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा खसेको पहिरोका कारण राजमार्ग एकतर्फी अवरुद्ध भएको छ । सिद्धबाबा मन्दिरको सुरुङमार्ग देखि २० मिटर पाल्पा तर्फ सुरुङमार्गका लागि राखिएको कम्प्रेसर मेसिनमाथि पहिरो सहतिको ढुंगा खस्दा सडकको एकतर्फी अवरुद्ध भएको हो ।


सुरुङमार्गको कम्प्रेसर मेसिन महिरोमा परि पूर्णरुपमा ध्वस्त भएको दोभान प्रहरीले जनाएको छ । मसिनका टुक्राहरु र सुख्खा पहिरो थुप्रिएका कारण आवागमनमा समस्या भएपनि प्रहरी परिचालन गरेर एकतर्फी सडक सुचारु गरिएको दोभान प्रहरीका इन्चार्ज जनक बुढाले जानकारी दिए ।दुईतर्फी सडक संचालनका लागि पहिरो खसेको स्थानमा जेसिभी पुगेको र केहीबेरमा सडक सुचारु हुने उनले जनाए ।

कमेन्ट गर्नुहोस्