लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

औद्योगिक ब्यापार मेला बुटवल : ‘भ्वाइस अफ बुटवल’को अडिसन राउण्ड सम्पन्न

IMG

तिलोत्तमा, पौष ३ गते। बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला बुटवल २०८१ मा साँस्कृतिक कार्यक्रम अन्तरगत ‘भ्वाइसअफ बुटवल’को अडिसन राउण्ड सम्पन्न भएको छ ।अडिसनमा १६ जना प्रतियोगी सहभागी भएको भएको साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजूले जानकारी दिए ।बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित भ्वाइस अफ बुटवलका लागि गायक बसन्त श्रेष्ठ तथा नारायण थापाले निर्णायकको भूमिकामा रहेका छन् ।अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य आकर्षणकोरुपमा रहेको यो प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५ पुरस्कार राशीसहित विभिन्न आकर्षक गिफ्ट ह्यम्पर तथा फर्स्ट रनरअपले ३० हजार ३३३ रुपैयाँ नगद राशी सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने संयोजक कसजूले जानकारी दिए ।निर्णायकले प्रदान गर्ने अंक तथा अडियन्सको भोटिङका आधारमा विजेता छनोट गरिने उनले बताए ।


महोत्सवमा विहिबार सिन्धुली कलाघरको विशेष प्रस्तुती रहने साँस्कृतिक उपसमितिका सह संयोजक सुमन श्रेष्ठले जानकारी दिए । सिन्धुली कलाघरका कलाकारहरुले  न्चे बाजा लगायतका साँस्कृतिक नृत्य सहितका प्रस्तुतीहरु रहने उनले बताए । यसैगरी लोक तथा दोहोरी गायक शिव हमाल, गायक रामप्रसाद पाण्डे, गायिका सकुन्तला पाण्डे र कोपिला न्यौपानेको प्रस्तुती रहने श्रेष्ठले जानकारी दिए ।यसैगरी द क्लाउन्स ब्याण्डको प्रस्तुती लगायतका साँस्कृतिक कार्यक्रमहरु रहेको सह संयोजक श्रेष्ठले जानकारी दिए। मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, व्युटी फेयर, टिकटक लगायतका प्रतियोगिता गरिने श्रेष्ठले जानकारी दिए ।१६ दिनसम्म सञ्चालन गरिने मेलामा ५ लाख बढीले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोवार हुने अनुमानगरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताएका छन् ।


औद्योगिक उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यबसायिकरणका लागि विशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेका छन् ।त्यसैगरी दुबई फिस टनेल सहितको बालउद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिकोप्रदर्शनी तथा विक्रि वितरण हुने संघका महासचिव मुक्ति अधिकारीले जानकारी दिए ।मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैया टिकट शुल्क निर्धारणगरिएको छ । त्यस्तै जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाईएको छ ।

कमेन्ट गर्नुहोस्