लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-६ द्वारा ज्येष्ठ नागरिक सम्मान तथा नि:शुल्क स्वास्थ्य परिक्षण

IMG

तिलोत्तमा,पौष २ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को आयोजनामा आज ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा समाग्री र निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ। वडाले अघिलो बर्षहरुमा जस्तै यस बर्ष पनि ७६ बर्षदेखि माथिका ८० बर्षसम्मका १ सय १० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो।ज्येस्ठ नागरिकको स्वास्थ्य अवस्था थाहा पाउन उनीहरुको स्वास्थ्य चेक जांच गरि एक औपचारिक कार्यक्रमका बीच न्यानो माया स्वरुप १ सेट ब्लाङ्केट,च्याबनप्रास, जाडोमा लगाउने उनिको टोपी, यातायात खर्च नगद र सम्मान पत्र सहित सम्मान गरेको हो। 


तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा वडा नम्बर-६ भित्रका ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो।सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले आमाबुवाको सम्मान गर्दै उनीहरुको आशिर्बाद शिरोपर गर्दै अभिभावकले देखेको बाटोमा अगाडी बढ्नु पर्ने बताउनुभयो। सडक एकैछिन नबनाएपनि हुने तर संस्कार समाजमा बसाउन ठुलाको आशिर्बाद र माया अनि सानालाई माया गर्ने बानीको सकारात्मक बिकास हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भौतिक बिकास भन्दा मानविय बिकास अहिलेको टड्कारो आवश्यकता रहेकोले ज्येष्ठ नागरिकको अनुभव साट्न र परम्परा जोगाउन यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो। 


सो अवसरमा बोल्दै नगरप्रमुख खाणले परिवारको खुसि भनेकै ज्येष्ठ नागरिक भएकाले सम्पत्तिको लागि भन्दा पनि उनीहरुलाई समयमा हेरचाह र मायाको खाँचो रहेको बताउनुभयो। हरेक छोराछोरीले आफ्ना बुवाआमालाई उनीहरुले देखाएको बाटोमा लाग्नुपर्ने बताउंदै नगरप्रमुख खाणले कोही ज्येष्ठ नागरिकले दु:ख पाएकॊ र छोराछोरीले नहेरेको भए सिधै नगरपालिका या जनप्रतिनिधिलाई आएर खबर गर्न अनुरोध समेत गर्नुभयो।ज्येष्ठ नागरिक सदैव हाम्रा लागि पुज्णीय रहनेछ । आफुभन्दा ठुलाबडाका आशिर्वाद जहिले लिनुपर्छ । ज्येष्ठ नागरिकहरुलाई आउने दिनमा यसरी सम्मान गरिने नगरप्रमुख खाणले बताउँनु भयो। अबको तिलोत्तामाका नागरिक ८४ पुजा गर्न सक्ने र शतक आयु हुने तबरले बाबुआमालाई छोराछोरीले माया गर्नुपर्ने बताउनुभयो। 


ज्येष्ठ नागरिकहरुको निशुल्क उपचार र औषधीसमेत बितरण गरिएको सो सम्मान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी घनश्याम भुसाल, जगत पौडेल लगायातले बोल्दै वडा नम्बर ६ को सर्हानिय कामको तारिफ गरेका थिए। कार्यक्रममा ज्येष्ठ नागरिक, तिनका घरपरिवारका सदस्य, वडा सदस्यहरु पुर्ण प्रसाद (संजय)आचार्य, गोबिन्द प्रसाद रिजाल, सिता गौतम, गीता गन्धर्व, स्वास्थ्य चौकीका हुमनाथ पाण्डेयको टिम, टोलबिकासका अध्यक्षहरु सरोकारवाला लगायत वडाका कर्मचारी ,स्थानीय बौद्धिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्