लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहकारीको जोखिम आकलन गर्न सरकारले विज्ञ टोली खटाउने

IMG

तिलोत्तमा,मङ्सिर २९ गते।सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने समस्या उन्मुख सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्न हरेक प्रदेशमा एक विज्ञ सदस्य सहितको टोली खटाउने भएको छ ।मन्त्रिपरिषद्‍ बैठकको निर्णय अनुसार विज्ञ टोलीले हरेक प्रदेशको समस्या उन्मुख बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको कारोबारको यथार्थ वस्तुस्थिति र जोखिम समेत आकलन गरी प्रतिवेदन पेस गर्न कार्यादेश पाएको छ।


प्रत्येक प्रदेशमा कम्तीमा १ (एक) वटा विज्ञ सहितको टोली गठन गरी निश्चित कार्यादेश सहित भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खटाउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।यसको लागि आवश्यक वित्तीय क्षेत्रमा काम गरेका जनशक्ति अर्थ मन्त्रालयले र अन्य जनशक्ति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराउने निर्णय भएको हो ।उक्त टोलीमा सम्बन्धित प्रदेशको सहकारी हेर्ने रजिष्ट्रार वा अधिकृत कर्मचारी र सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत समेत रहने व्यवस्था मिलाउने निर्णय भएको छ।

कमेन्ट गर्नुहोस्