
तिलोत्तमा सिटी , २०८१ मंसिर २७ गते। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने ४५ वर्षीय विष्णु लोप्चन छन् । विष्णुले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।
उहाँलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
कमेन्ट गर्नुहोस्