लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एनपीएल क्रिकेट : लुम्बिनीको पहिलो जीत, चितवन ३३ रनले पराजित

IMG

तिलोत्तमा, मङ्सिर २५ गते २०८१। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ। आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको छ ।टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जीतका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए ।


लुम्बिनीका कप्तान रोहित पौडेलले ४ विकेट लिए । त्यसअघि पौडेलको सर्वाधिक ८० रनको मद्दतमा लुम्बिनीले चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो । पौडेल जारी एनपीएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले पोखरा एभेन्जर्ससँगको खेलमा ९५ रन बनाएका थिए । रोहित दुई सय ६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् ।त्यस्तै आजको खेलमा लुम्बिनीका साद विन जाफरले ५२ रन बनाए । चितवनका रिजन ढकालले तीन विकेट लिए । आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन् ।

कमेन्ट गर्नुहोस्