लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘के लत बस्यो’ पछि राज सागरको स्वरमा ‘पढ्ने कुरा’

IMG

तिलोत्तमा,मङ्सिर २२ गते २०८१।

पढ्ने कुरा कति छन् भन्ने हिसाब छैन

तिम्रो मुहारजस्तो अर्को किताब छैन

गजलकार डा. प्रदीपकुमार मैनालीको नयाँ गजल ‘पढ्ने कुरा’का शब्द हुन् यी । प्रेम-शृंगारको भाव व्यक्त गर्ने गजलमा राज सागरको शब्द तथा संगीत छ । गजललाई राजन इशानले एरेन्ज गरेका हुन् ।गजलको म्युजिक भिडियोमा गायक राज सागरसहित अनन्त प्रजापति, विकेश लामा र राजकुमार समाल फिचर्ड छन् । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।


डा. मैनालीको रचना र तिलकसिंह पेलाको स्वर तथा संगीतमा करिब दुई वर्षअघि सार्वजनिक भएको गजल ‘के लत बस्यो’ निकै लोकप्रिय छ । जसलाई युट्युबमा हालसम्म १ करोड २१ लाख भन्दा बढी पटक हेरिएको छ । यो गजलमा हजारौं टिकटक भिडियो समेत बनेका थिए ।‘पढ्ने कुरा’ गजल ‘रचनावाचन’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

कमेन्ट गर्नुहोस्