लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समीर आचार्य र अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’

IMG

तिलोत्तमा, १६ मंसिर २०८१। गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ । यसमा नेपाली र थारू भाषाको मिश्रण छ । भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ । चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन् ।जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो । यसमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।


कमेन्ट गर्नुहोस्