
तिलोत्तमा सिटी, २०८१,मंसिर १४ गते । तिलोत्तमा १४ टिकुलिगढमा दुर्गानगर बन्द्रैया मार्ग पिच गर्न तयार भइरहेको छ। बन्द्रैया हुँदै दुर्गानगर दुर्गा संस्कृत वेद वेदाङ्ग विधापिठ खोल्ने करिव तिन सय मिटर बाटो पिच गर्न तयार भइरहेको हो।
अहिले पहिलो चरणको सब बेसको कार्य हुँदैछ सो पश्चात समय र मौसम अनुकुल करिब दुइ महिनामा बाटो कालोपत्रेको काम सुरु हुने लुम्बिनी प्रदेश सरकार छौठौँ इन्जिनियर नविन कुमार दास ले जानकारी दिनुभयो। प्रदेश सरकारको बिस लाख बजेटमा सिङगल लेन कालोपत्रे हुन लागेको यो बाटोबाट करिव ३० घर लाभाम्वित हुनेछन । वर्षायामको समयमा आवतजावतका लागि कठिनाइ भएको साथै यो बन्दैया पुग्ने मुख्य बाटो रहेकाले कालोपत्रे गर्न लागिएको तिलोत्तमा नगरपालिका वार्ड नं १४ का वडा अध्यक्ष अश्विन पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो "अहिले आधा बाटो मात्र पिच हुँदै छ र छिटै नै पुरा बाटो पिचका लागि प्रक्रिया चाल्ने छौँ।
साथै प्रदेश सरकारको १० लाख बजेटमा तिलोत्तमा १४ बनक्ट्टिमा एक सय पच्चिस मिटर लम्बाइ बिर्गौलि पथ कालोपत्रेका लागि तयार भइरहेको वडा अध्यक्षले पौडेलले जानकारी दिनुभयो। लगभग ५० घरधुरी लाभाम्वित हुने उक्त बाटो कालोपत्रे हुने भएपछि स्थानियले खुसि व्यक्त गरेका छन।
कमेन्ट गर्नुहोस्