लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फ्रेण्डस सिनेमाज नयाँ व्यवस्थापनका साथ् अमरपथ सिंह कम्प्लेक्समा

IMG

तिलोत्तमा,२०८० मंसीर १३ गते।नयाँ व्यवस्थापनका साथ बुटवल अमरपथमा ( पुरानो भ्यु सिनेमाज ) को सिह कम्प्लेक्समा फ्रेण्डस सिनेमा संचालनमा आएको छ । तीन जना युवाहरुले रोयल सिने हब प्रालीद्वारा फ्रेण्डस सिनेमाज संचालनमा ल्याएका हुन । शुक्रबारदेखि हल औपचारिक रुपमा संचालन हुने भएको हो । ३ वर्ष अघि धरानबाट फिल्म उद्योगलाई प्रमोट गर्ने उदेश्यका साथ लागेको प्रदिप धामी, पुष्कर घिमिरे र आशिष तामाङ गरि ३ जना साथीहरु मिलेर रोयल सिने हब प्रालि स्थापना गरेका थिए । धरानमा सिनेमा हल संचालन र फिल्म डिष्ट्रिब्युटर शुरु गरेको यो ग्रुपले बुटवलमा दोस्रो हल संचालनमा ल्याएका हुन।


रोयल सिने हब प्रालिका संचालक पुष्कर घिमिरेले चेन सिनेमासंगै डिष्टिब्युसन समेत अघि बढाउने बताए । फर्कि फर्कि, कुश्मा र १२ गाउ लगायत फिल्म डिष्ट्रिब्यसन गरेको भन्दै उनले स्विटर, बलिदान, फेरि रेशम लिरिरि लगायत फिल्महरु पाईपलाईनमा रहेको बताए । नया ब्यवस्थापनमा हल संचालनका लागि प्रोजेक्ट, एसी, सिट क्षमता बढाउने लगायत उपकरणहरु संवर्धनमा करीब १ करोड रुपैया खर्च भएको उनले बताए । हलको २२२ जनाको सिट क्षमता रहेको छ । यसैगरि एसि र साउण्ड गुणस्तरलाई समेत विशेष ब्यवस्था गरिएको छ। मुभि ठेयटरलाई उपयोगी हुने हलको डल्बी साउण्ड गुणस्तर रहेको छ।२२२ सिट क्षमतासहित नया ब्यवस्थापनमा आएको हलले शुभारम्भको एक हप्ता अवधिमा १५० रुपैयामा शो हेर्न पाईने भएको छ ।


बिहानी शो न्यून र डिल्स डे (मंगलबार र बुधबार) न्यून शुल्क राखिने उनले बताए । भ्यु सिनेमा पेज नै अब फ्रेण्डस सिनेमाबाट संचालन हुने उनले बताए । बक्स अफिस तल्लो र माथिल्लो तलामा गरि दुबै स्थानमा राखिएको उनले बताए । टिकट फेसबुक पेज म्यासेन्जर, व्हाट्सएप र बक्स अफिस मार्फत समेत काट्न सकिने गरि अनलाईन रहेको छ । उद्घाटनको पहिलो हप्ता दर्शकहरुलाई माया साटासाट गर्न १५० को टिकट शुल्क राखिएको उनले बताए । दैनिक पाच देखि ६ शो देखाउने उनले बताए।

कमेन्ट गर्नुहोस्