
तिलोत्तमा सिटी, २०८१ मंसिर १३ गते। तिलोत्तमा १४ टिकुलिगढमा सिसौडाँडा खैरिया (टिकुलिगढ) खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पानीको पाइप खनाइ पुराइ काम भइरहेको छ ।
कुल लगभग ५५ किलोमिटर पाइप लाइनमा १६ किलोमिटर पाइप बिछ्याइसकेको छ । प्रदेश सरकारको क्रमागत लगानी साथै उपभोक्ताको जनसहभागितामा भैरहेको आयोजनाको ४० प्रतिशत जति काम भैसकेको छ जसअन्तर्गत टयाङ्कि निर्माण र एक ओटा बोहोर निर्माण काम भएको साथै १ बोहोर बनाउन बाँकि रहेको छ । यस आयोजना अन्तर्गत दुर्गानगर, टिकुलिगढ, बागधुरा, बिन्दुनगर लगायत १२ ओटा टोल विकास संस्था का करिब् २५०० घरधुरि लाभान्वित हुनेछन । वि.स २०७८ सालबाट सुरु भएको यो योजनाको यहि फागुन सम्ममा पानी खुवाउने लक्ष्य रहेको संस्थाका अध्यक्ष श्याम खरेलले बताउनुभयो साथै हाल विधुत जडानको काम चलिरहेको जानकारी दिनुभयो। प्रदेश सरकारले क्रमागत लगानी अन्तर्गत आवश्यक रकम विनियोजन गरेमा कार्य सहजताका साथ समयमै समपन्न हुने पनि उहाँको भनाइ छ ।
कमेन्ट गर्नुहोस्