लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान शुरु

IMG

तिलोत्तमा,मङ्सिर १० गते। ‘हामी सबैको प्रतिबद्धता,लैंगिक हिंसा अन्त्यको लागी एक्येबद्धता भन्ने राष्ट्रिया मूल नारा सहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ। तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जगेश्वर देवी चौधरीको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न सो अभियानको समुद्घाटन गर्दै नगरप्रमुख खाणले कुनै पनि लिङ्गको आधारमा हुने घरेलु या सामाजिक हिँसा तिलोत्तमा नगरभित्र नगर्ने सबैको प्रतिबद्धता हुनुपर्ने बताउदै हिंसाको अन्त्य आफैबाट शुरु गर्नुपर्ने बताउनुभएको छ। उहाले कुनैपनि प्रकारको हिँसा नगर्ने प्रतिबद्धताका साथ् यो अभियानमा सबै नगरबासी लागि पर्नुपर्ने बताउनुभयो।  


कार्यक्रममा स्वागत तथा अभियानको उदेश्यबारे प्रकाश पार्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यो अभियान १६ दिन सम्म मात्रै नभई हरेक दिन नै सबै जुटेर लागे मात्र समाजमा हुने त्यस्ताखाले हिँसाको निर्मुल हुने बताउनुभएको छ। उहाले नगरभित्रका हरेक नागरिक सचेत भएर कसैलाई हिँसा नगर्ने र गर्न नदिने र हिँसा सहेर नबस्ने क्रियाकलाप गरेमात्र यो अभियान सफल हुने बताउनुभयो।


सो कार्यक्रममा बोल्दै उपप्रमुख जगेश्वर देवी चौधरीले लैंगिक हिँसा भन्ने बित्तिकै महिलाको हिँसा मात्र नबुझी सबै नागरिक महिला, पुरुष, तेस्रोलिंगी, बालबालिका, बृद्धबृद्धा लगायतमा हुने व्यक्तिगत तथा सामाजिक हिंसाको अन्त्य गर्न जरुरि रहेको बताउनुभयो।  उहाले यो अभियानको संघारमा सबै वार्डहरुमा कुनैपनि किसिमको हिँसा नगर्ने प्रतिबद्धता सबै नगर बासीमा हुनुपर्ने बताउनुभयो। केहि दिनमै एक कार्यक्रमका बीच नगरभित्र लैंगिक हिंसा सम्बन्धी जनचेतना संदेश प्रस्तुत गर्ने बताउदै नगर उपप्रमुख चौधरीले अभियानको रुपमा मात्र हैन कि सधै यो अभियानलाई मनमा लिनुपर्ने र घर घरबाट यस्ताखाले हिंसाको अन्त्य आफ्नै परिवार र समाजबाट निर्मुल पार्नु पर्ने बताउनुभयो। तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन कार्यालय परिसरमा भएको सो कार्यक्रममा उपस्थित कर्मचारी एबम जनप्रतिनिधीहरुलाई सेतो क्रस रिबन बाड्दै नगरपालिकाको महिला तथा बालबालिका शाखाको संयोजनमा भएको सो अभियान अन्तर्गत कार्यक्रमको संचालन शाखा प्रमुख सम्झना भण्डारीले गर्नुभएको थियो। 


हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरि विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ।लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ ।महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लंैगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।

कमेन्ट गर्नुहोस्