लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चिसोसंगै तिलोत्तमा मेलामा दर्शक बढ्दै,सेल्फी जोनमा दर्शकको आकर्षण

IMG

तिलोत्तमा,मङ्सिर ९ गते।तिलोत्तमा व्यापार संघ रुपन्देहीको मुख्य आयोजना तथा तिलोत्तमा नगरपालिका, उद्योग बाणिज्य संघ तिलोत्तमा, उद्योग व्यापार संगठन तिलोत्तमा, रुपन्देही व्यापार संघ, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको सहआयोजनामा मणिग्राममा शुरु भएको तिलोत्तमा महोत्सवको आइतबार दर्शकको बाहुल्यता बढ्यो। महोत्सवमा शनिबार संगै आइतबारसम्म मेला हेर्न आउने दर्शकको छाप बढेको आयोजक संस्था तिलोत्तमा व्यापार संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले जानकारी दिए । दर्शकले सांस्कृतिक प्रस्तुति औधि मन पराएको र कलाकारहरुको प्रस्तुति र साँझमा हुने डिजे कन्सर्टमा युवा युवतीहरुको बाहुल्यता रहेको अध्यक्ष न्यौपानेको भनाई छ। 


उनले महोत्सवमा बढ्दै गएको भिडलाई देखेर आयोजक पनि उत्साहित भएको जानकारी दिए । महोत्सवमा ख्यातिप्राप्त लोक तथा दोहोरी गायक बैकुण्ठ महत,गायिका एन्जिला रेग्मी, गायक दिपु मगर, गायिका कोपिला न्यौपाने लगायतको प्रस्तुतीले महोत्सवको माहोल तातेको थियो ।यसैबीच तिलोत्तमा डान्स आइडल २०८१, सिङ्गिङ्ग आइडल २०८१, बिद्यालय स्तरिय नृत्य प्रतियोगिताको विभिन्न उत्कृस्ट चरणका कलाकारको प्रस्तुती, साथै विभिन्न डान्स ग्रुपको बेजोड प्रस्तुति रहेको मेलाका सुरक्षा संयोजक शित्तल ज्ञवालीले बताए । उनका अनुसार दर्शकको मत र जज हरुको मुल्यांकनको आधारमा टप कलाकारले सो प्रतियोगिताको उपाधि जित्ने छ।


महोत्सव परिसरमा सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड 

व्यवसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने मूल नारा बोकी शुरु भएको महोत्सवमा कृषि पेभिलियन, ब्यापार पेभिलियन, बाल उधान, होटल रेस्टुरेण्टका अर्गानिक स्वादिष्ट परिकार सहित स्थानिय ब्यापारमा  शनिबार र आइतबार दर्शकको भिडले सम्पुर्ण स्टल व्यवसायीहरुले सन्तोषजनक कारोवार भएको बताएका छन् । सास्कृतिक कार्यक्रम अन्तर्गत आइतबार ख्यातिप्राप्त लोक तथा दोहोरी गायक बैकुण्ठ महत,गायिका एन्जिला रेग्मी, गायक दिपु मगर, गायिका कोपिला न्यौपाने लगायतको प्रस्तुती कन्सर्ट साथमा डिजे ब्याण्डले महोत्सवको माहोल तातेको थियो ।


महोत्सवको उत्तर साइडमा सचिवालय र सुचना प्रबिधी तथा कला प्रदर्शनी संगै राखिएको महादेवको ठुलो मुर्तीमा सेल्फी खिच्नेहरुको भिड समेत रहेको थियो। महोत्सवमा मङ्सिर १० गते सोमबार चर्चित गायक खुमन अधिकारी,गायिका सिता राना,जादुगर राजेन्द्र गिरी,गायक सुसिल आचार्य, विश्वकै होंचो मान्छे मनोज गोर्खाली, डिजे सुरज, दिपु मगर, नारायण लेकाली लगायतको प्रस्तुति रहने छ। 

कमेन्ट गर्नुहोस्