
तिलोत्तमा,मङ्सिर १ गते। फुटबलको सिजन भित्रिएसँगै रुपन्देहीमा फुटबल प्रतियोगिताको माहोल पनि तातिने गर्दछ । यसै क्रममा समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजनामा स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिलकुमारी शेर पुन्जा पुनको स्मृतिमा तेस्रो समपुर्ण कप खुला फुटबल प्रतियोगिता हुने भएको छ ।मङ्सिर ७ गतेदेखि आयोजना हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष अबिर पुन पाइजाले जानकारी दिए । उनले क्लबको आयोजनामा तेस्रो संस्करण भएकोले पहिलो र दोस्रो जस्तै यसपाली पनि प्रतियोगितालाई सफल बनाउन आफूहरु तदारुकताका साथ लागिपरेको बताए ।
सुपौली स्थित बाउन्नकोटी सामुदायिक वन खेलमैदानमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको प्रचार प्रसार संयोजक तथा क्लबका सह सचिव रवि अर्यालले बताए । अर्यालका अनुसार प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षाका साथ सिमित क्लबहरुलाई मात्र सहभागि गराइएको बताए ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु २ लाख २२ हजार २ सय २२ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक अशोक पुनले जानकारी दिए ।
आज आयोजित पत्रकार सम्मेलनमा, बोल्दै प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर-१४ का वडा सदस्य भुपाल छन्तेलले खेल क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत क्लबले पुर्याएको योगदानको कदर गरेका थिए। वडाबाट बजेटले भ्याए सम्म सहयोग गरेको बताउदै आगामी दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे। सो अवसरमा क्लबको सामाजिक खेलकुद र स्वास्थ्यका लागि गरेको कार्यप्रति जिल्ला फुटबल संघका उपाध्यक्ष मुकेश कुँवर, नेशनल रेफ्री अमर पुन मगर, सहयोगी हिरु प्रसाद शेर पुन्जा पुन लगायतले बोल्नुभएको थियो।
कमेन्ट गर्नुहोस्