लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मुस्ताङको लोमान्थाङमा पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक २३ गते । एनपीएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले मुस्ताङको लोमान्थाङ पुगेर जर्सी सार्वजनिक गर्नुभएको हो । 


पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरि लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताउनुभयो । ‘‘जलवायु परिवर्तन, हिमाल पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौं, उहाँले भन्नुभयो, गण्डकीमा हिम पर्वत शृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमाझ ल्याउन लागिरहेका छौँ । यसमा हामी गम्भीर हुनु पर्नेछ । यसमा एउटा सन्देश दिनको लागि पनि हामी आएका छौँ ।’’ 


यस्तै जोन्टीले आफ्नो अनुभव र ज्ञानले पोखरा मात्र होइन नेपालको क्रिकेटको उदयका लागि योगदान पुग्ने बताउनुभयो । उहाँले क्रिकेटमा धेरै अवसर रहेको उल्लेख गर्दै नेपालले के गर्छ भनेर हेर्न आतुर रहेको पनि बताउनुभयो । पोखरा एभेन्जर्सका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले पोखराले लोमान्थाङ पुगेर जर्सी अनावरण गर्नु पर्यटनका लागि राम्रो भएको बताउनुभयो । 


नेपाल क्रिकेट सङ्घ [क्यान] का कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासमा मोन्टीको आगमनले थप सहयोग पुगेको बताउनुभयो । उहाँले पोखरा एभेन्जर्सले क्लाइमेट चेञ्जको म्यासेज अगाडि बढाउनु उत्कृष्ट कार्य भएको पनि बताउनुभयो ।  १४ वटा हिमाल आरोहण गर्नुभएका निमा तेन्जिङ शेर्पाले  पर्यटन र क्रिकेट एक अर्काको परिपूरक भएको बताउँदै सबैले पोखरालाई सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले जलवायु परिवर्तनले पानीको प्रवाह बढेको पनि बताउनुभयो । पोखराले आफ्नो एनपीएल गीत पनि सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्