लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विविध अवरुद्ध पार गरी रुपन्देहीबाट ११२ बोरा चिनी बरामद

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक २३ गते ।  रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कात्तिक २२ गते सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।


भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी एकाइ र राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बरामद चिनी राजस्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढङ्गामुढा प्रहार गरेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरबितर पारी बरामद चिनी राजस्व अनुसन्धन कार्यालय बुटवलमा बुझाइएको छ । 


उक्त भिडले ढुङ्गामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुको साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।

कमेन्ट गर्नुहोस्