लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लक्ष्मी माताको २५६ मूर्ति विसर्जन

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक १९ गते । कपिलबस्तुको विभिन्न स्थानमा लक्ष्मीपूजाका लागि स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ ।


लक्ष्मीपूजाका दिन विशेष पूजापाठ गरी जिल्लाका १० पालिकाको विभिन्न स्थानमा २ सय ६३ वटा महालक्ष्मीको मूर्ति निकालिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारलाई लक्षित गरी जिल्लामा २ सय ६३ मूर्ति प्रदर्शनका लागि राखिएको थियो ।  ती मूर्तिहरुलाई स्थानीय नदी नाला, पोखरीमा विसर्जन गरिएको हो । प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार आइतबार १ सय ३२ र आज सोमबार १ सय २४ वटा मूर्ति विसर्जन गरिएको छ । बाँकी सात वटा मूर्ति भोलि विसर्जन हुने उहाँले बताउनुभयो । 


दशैंका बेला दुर्गा भगवती निकाल्ने चलन पहिलेदेखि नै चलिआएको छ ।  तिहारमा भने विगत केही वर्ष अघिसम्म थोरै मात्र निकाल्ने चलन थियो । तर अहिले भने तिहारमा समेत लक्ष्मीको मूर्ति निकाल्ने चलन बढ्दै गएको हिन्दु धर्मगुरु रामशब्द मिश्राले बताउनुभयो । गएको दशैंमा ४ सय ७० वटा दुर्गा भगवतीको मूर्ति निकालिएको थियो । 

कमेन्ट गर्नुहोस्