
तिलोत्तमा,२०८१ कार्तिक १२ गते।नेकपा एमाले तिलोत्तमा नगर कमिटीको दोस्रो अधिबेशनबाट मिनप्रसाद पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । शनिबारदेखि शुरु भएको अधिवेशनले पोखरेलको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा संगिता गुरुङ, सचिबमा राधा शाही तथा उपसचिव हरुमा लोकनाथ पाण्डे र शंकर भुसाल चयन भएका छन् ।अध्यक्ष पदमा निवर्तमान अध्यक्ष तामनाथ पाण्डे पनि आकांक्षी थिए । तर नेताहरुले पोखरेललाई नेतृत्व दिन सहमत गराएपछि चुनावमा नगई सहमतिमै नेतृत्व चयन भएको हो। अधिवेशनको एमाले सचिव छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।
एमाले केन्द्रिय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यमा शुरु भएको अधिवेशनले नयाँ समिति चयन गरेको हो। अधिबेशनमा विभिन्न समितिहरु समेत बनाइएको थियो। जसअन्तर्गत अधिवेशन आयोजक समितिको संयोजकमा निबर्तमान नगर अध्यक्ष तामनाथ पाण्डे रहनुभएको थियो। त्यस्तै आर्थिक समितिमा निबर्तमान उपाध्यक्ष नेत्र वन ,प्रतिनिधि व्यवस्थापनमा बर्तमान अध्यक्ष मिनपसाद पोखे्रल,सञ्चार तथा सांस्कृतिक ब्यवस्थापनमा नव निर्वाचित उपाध्यक्ष संगिता गुरुङ मञ्च तथा हल व्यवस्थापनमा तिलोत्तमा नगर परिषद् सदस्य हरिबहादुर क्षत्री,स्वयम सेवकमा निबर्तमान नगरकमिटी सदस्य मिलन राना लगायत रहनुभएको थियो।कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सदस्य शिवराज सुवेदी,केन्द्रीय सदस्य गोमा आचार्य,केन्द्रीय सल्लाहकारहरु,प्रदेश कमिटी सदस्यहरु,जिल्ला अध्यक्ष तथा पदाधिकारीहरु र जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्