
तिलोत्तमा कार्तिक १० । तिलोत्तमा-६, मा रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रम मा नेपाल तरुण दल को ७२औं स्थापना दिवसको अवसरमा खाद्यन्न वितरण कार्यक्रम गरेको छ।रुपन्देहीको तिलोत्तमा तिलोत्तमा-६,मा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रय लिएकाहरुलाई तरुण दल ले आफ्नो स्थापना दिवसको अबसर पारि विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई आश्रमले आश्रय दिँदै आएको छ । यसरी आश्रय लिएकाहरुलाई दरुण दलले खाद्यन्न वितरण गरेको कार्यबाहक अध्यक्ष होम प्रसाद पौडेलले जानकारी दिए ।
यसै स्थापना दिवसको अबसरमा नेपाली कांग्रेस तिलोत्तमाका नगर सभापति हरिलाल पाण्डेले आफ्ना धारणा राख्दै आश्रममा कार्यक्रम गरेकोमा तरुण दललाई धन्यवाद दिदै खुसीको अनुभूति भएको बताए ।यि र यस्ता अनाथ आश्रममा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।तरुण दलका क्षेत्रीय सभापति किसोर क्षेत्रीले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै यहाँ आश्रित असहायहरुका लागि सहयोग गर्न पाउँदा सबैभन्दा ठूलो उपलव्धि हासिल गरेको महसुस भएको बताए ।
अनाथ आश्रमका संचालक मैना देवि भण्डारीले सडक मानवको उद्धार गरी धेरै जनालाई राखिएको जानकारी दिइन् ।खुला आकाशमुनी, सडक पेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, पालपोषण तथा परिवार भेटिएका वा नभेटिएका परिवारको खोजी र पुनर्मिलन गराउदै आएको जानकारी दिईन । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य कमला पाण्डे,सुस्मा हमाल,राजकुमार वाग्ले नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष वासु वस्याल,पाल्पा तरुणदलका अध्यक्ष प्रकाश कुमार नेपाल,तिलोत्तमाका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
अवसरमा आश्रममा आश्रितलाई खाद्यन्न सहयोग कार्यक्रम सचिव अर्जुन क्षेत्री (हापु) नगर अध्यक्ष तथा रुपन्देही जिल्ला सदस्य खेम क्षेत्रीको स्वागत संगै कार्यबाहक अध्यक्ष होम पौडेलको अध्यक्षतामा सबैको आर्थिक सहयोगमा स्थापना दिवम मनाएको थियो।
कमेन्ट गर्नुहोस्