लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दिपज्योती बाल समुहको वडाकप फुटबल शुरु,उद्घाटन खेलमा आयोजक बिजयी

IMG

तिलोत्तमा,२०८१ कार्तिक ११ गते। तिलोत्तमा नगरपालिका-८ स्थित दिप ज्योती बाल समूहको आयोजनामा वडा स्तरिय अन्तरटोल यु-१८ सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ। दीपज्योति कप २०८१ नाम दिइएको सो प्रतियोगिताको समुद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले खेल मार्फत प्रतिभा प्रस्फुटन गर्दै स्वास्थ्य र रास्ट्रका लागि खेलकुद मार्फत सबै युवा तथा बालबालिका एकजुट हुनुपर्ने बताउनुभयो। 


सो कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण खाण, बिशिष्ठ अतिथि सागर न्यौपाने बालसमुहका अध्यक्ष सुशांक पैमी, खेल संयोजक आदर्श घिमिरे लगायतले बोल्दै प्रतियोगिता मार्फत स्थानिय स्तरमा प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिताले महत्व पूर्ण भूमिका खेल्ने बताएका थिए।उद्घाटन खेलमा आयोजक दिपज्योती बाल समुहले रामजानकी बाल समूहलाई ० का बिरुद्ध ४ गोल गर्दै अग्रता लिएको हो।  

कमेन्ट गर्नुहोस्