
तिलोत्तमा,२०८१ कात्तिक ८ गते।भैरहवाको प्रतिष्ठित पाँचतारे होटल सिद्धार्थ भिलासले दशैं बिदाई संगै तिहारको अवसरमा "अनुग्रह र रमाइलोको संसार" नामक एक भव्य संगीत कार्यक्रमको आयोजना गर्ने भएको छ ।कर्यक्रम नेपालको चर्चित गायक धिरज राईको विशेष प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने छ।
" स्टेज किङ" को उपनामले परिचित धिरज राई नेपाली पप संगीतको प्रारम्भिक चरणका सफल गायक हुन्। उनका लोकप्रिय गीतहरू "तिम्रा नयन", तिमि रुँदा,स्याकिट स्याकिट,मुसु मुसु,जाँदै छु टाढा,सोई ढोले सोई, "बुद्ध वाज ब्रन इन नेपाल", र "परिवर्तन गायतका थुप्रै हिट गीतहरूले नेपाली संगीतमा छाप छोडेका छन्।यो विशेष कार्यक्रमका लागि कुनै पनि प्रवेश शुल्क लाग्ने छैन। पाहुनाहरूले होटलको प्राङ्गणमै इटलियन, जर्मन,अरबिक र जापानीज लगायत विभिन्न स्वादिष्ट परिकारहरूको लाइभ काउन्टरको आनन्द लिन सक्नेछन्, जुन अत्यन्तै सस्तो मूल्यमा उपलब्ध हुनेछ। साथै, कार्यक्रममा विभिन्न खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरूको आयोजना गरिनेछ, जसमा सहभागी हुन विशेष उपहारहरू जित्न सकिनेछ।
यो संगीत कार्यक्रम आयोजना गर्नुको उद्देश्य पाहुनाहरूको दशैं र तिहार बिदालाई उत्साहजनक बनाउन र दैनिक व्यस्तताबाट छुट्टी लिएर मनमोहक वातावरणमा विश्रामको अनुभव दिनु हो। होटल सिद्धार्थ भिलासले यस अवसरलाई विशेष बनाउन पाहुनाहरूलाई शारीरिक र मानसिक ताजगी प्रदान गर्ने लक्ष्य राखेको होटलका सेल्स म्यानेजर प्रमोद गौतमले बताए ।
कमेन्ट गर्नुहोस्