लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साम्बा आज फ्रान्सबाट नेपाल आउँदै

IMG

तिलोत्तमा,२०८१ कात्तिक ४ गते।नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल आउँदैछिन्।काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि साम्बा आउन लागेकी हुन् ।सावित्रा राती साढे १ बजे नेपाल आईपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। साफ च्याम्पियनसिप बिहीबारदेखि नै दशरथ रंगशालामा सुरु भइसकेको छ ।


तर इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स शीर्ष श्रेणीको महिला लिग फुटबल खेलिरहेकी साम्बाले भने क्फब ड्युटीका कारण साफमा नेपाल र भुटानबीचको पहिलो खेल गुमाइन् ।शुक्रबार साम्बा विनै आफ्नो पहिलो खेल खेलेको नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।शनिवार स्ट्रासवर्ग विरुद्ध लिगको खेल खेलेकी साम्बाले गोल समेत गरिन्। उनले टिमको लागि पहिलो गोल गरेकी थिईन् र उक्त खेल गुईग्याम्पले ३-२ ले जितेको थियो । यस सिजनमा गुईग्याम्पको यो पहिलो जित हो।साम्बा आएपछि नेपाली टिम बलियो हुने अपेक्षा छ । पहिलो खेलमा भुटान विरुद्ध नेपाल फिनिसिङमा चुक्दा साम्बाको अभाव देखिएको थियो।


कमेन्ट गर्नुहोस्