लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा

IMG

२८ आश्विन २०८१, तिलोत्तमा।अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो ।साफ महिला फुटबल च्याम्पियनसिप आगामी विहिबारदेखि काठमाडौँमा हुदै छ ।  यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुदै छन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।


प्रतियोगिताको पहिलो खेल विहिबार भारत र पाकिस्तानबीच हुदै छ । नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।


एन्फाले घोषणा गरेको टिम:

गोलकिपर:अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।

डिफेन्डर: गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।

मिडफिल्डर:रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।

फरवार्ड:रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र  सावित्रा भण्डारी ।

कमेन्ट गर्नुहोस्