
तिलोत्तमा,२०८१ असोज १९ गते।एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ ।शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।खेलमा कर्णालीले शुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो । त्यसपछिको फाइनल सेट कर्णालीले १५-१३ ले जितेर उपाधि चुमेको थियो ।यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ ।
आयोजकले फाइनलअघिसम्म पुरस्कार घोषणा गरेको थिएन । फाइनलपछि पुरस्कार वितरण समारोहमा आयोजकले विजेता कर्णालीलाई ट्रफीसहित ७ लाखको चेक प्रदान गरेको हो । यस्तै उपविजेता ललितपुरले नगद ३ लाख प्राप्त गर्यो ।
नेपालको पहिलो महिला भलिबल फ्रेन्चाइज लिग इडब्लुभिएलको फाइनलमा कर्णाली शनिवार ललितपुर क्वीन्सलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।कर्णालीले पहिलो र दोस्रो सेट २५-१७ र २५-२० ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो । तर ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेट २५-१२, २५-१८ ले आफ्नो पक्षमा पार्दै खेलमा २-२ को बराबरी गरेको थियो । पाँचौ तथा निर्णायक सेट कर्णालीले १५-१३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा भएको लिगमा सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले अपराजित रहँदै लिगको उपाधि जितेको हो ।६ टोली सहभागि लिगमा कर्णालीले लिग चरणका सबै ५ खेल र फाइनल गरी ६ खेल जितेको थियो ।कर्णालीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी टर्किस खेलाडी जेनेप ओठुरान मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् । उनी फाइनलसहित तीन खेलमा प्लेअर अफ दि म्याच घोषित भएकी थिइन् ।एमभीपी बनेकी जेनेपले नगद २० हजार पुरस्कार प्राप्त गरिन् ।
कमेन्ट गर्नुहोस्