लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल पत्रकार महासंघका पूर्व उपसभापति कार्कीको निधन

IMG

तिलोत्तमा,२०८१ असोज १२ गते।नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । उनी बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुन् ।लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका ७० वर्षीय कार्कीको पाल्पा तानसेन धुवाघाटमा निधन भएको हो । उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । उनका एक श्रीमती भगवती, छोरी निरु, बन्जु र छोरा सरोज छन् । कान्छा छोराको केही वर्षअघि मृत्यु भएको थियो ।


पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै उनले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए । कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए । २०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन सुरु गरेका थिए ।पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर चिनिएका व्यक्ति भएकाले तत्कालिन जिल्ला प्रशासनले रुपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीमा भाई कृष्णबहादुर कार्कीको सहयोगमा दैनिक लुम्बिनी दर्ता गरेका थिए ।


दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेसन्स प्रालिका अध्यक्ष मोहन चापागाईले शोक विज्ञप्ति जारी गर्दै संस्थापक सम्पादक कार्कीको निधनले दैनिक लुम्बिनी परिवार स्तब्ध र दुखित भएको उल्लेख गरेका छन् ।कार्कीका समकालिन रहेका रूपन्देहीका पत्रकार मदनलाल पौड्यालले कार्की बेथिति, बिसंगतिविरुद्ध र जनपक्षीय पत्रकारितामा खरो ढंगले उभिने साहसी र निडर पत्रकार भएको बताए । उनको शनिवार नै बुटवलको योगिकुटी स्थित मगरघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

कमेन्ट गर्नुहोस्