लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कस्तो होला त रामजीको साइलेन्स टुर ?

IMG

तिलोत्तमा,२०८१ असोज ९ गते। रित्तो गाउँ र लापत्ता सन्तानले दर्शकको राम्रो साथ् पाएसंगै एकाएक चर्चामा आएका रामजी ज्ञवाली अब साइलेन्स टुरमा ब्यस्त हुने भएका छन्। सर्ट फिल्म र म्युजिक भिडियो निर्माणमा सक्रिय रामजी ज्ञवाली पछिल्लो समय डकुमेन्ट्री निर्माणतर्फ मोडिए। आधा दर्जन म्युजिक भिडियो निर्देशन गरेका ज्ञवालीले यो वर्ष डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ र ‘लापत्ता सन्तान’ तयार पारे।


यी प्रोजेक्टको काम पूरा गरेर ज्ञवालीले अहिले अर्को प्रोजेक्टमा हात हालेका छन्। ‘नयाँ प्रोजेक्टमा स्क्रिप्टको काम सुरु भइसकेको छ,’ निर्देशक ज्ञवालीले भने, ‘अहिले स्क्रिप्ट र अध्ययन/अनुसन्धानको काम भइरहेको छ। केही सातामा नयाँ प्रोजेक्ट ‘साइलेन्स टुर’को छायांकन सुरु गर्ने तयारी छ।’निर्देशक ज्ञवालीले तयार पारको ‘रित्तो गाउँ’ त्रिभूवन विश्वविद्यालयका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा अनुसन्धान गरी बनाइएको डकुमेन्ट्री सर्ट फिल्म हो। यसमा उजाडिएको गाउँघरका विषयवस्तुलाई ज्ञवालीले रिलमा कैद गरेका छन्। रित्तो गाउँमा समावेश गीत ‘बोल्ने कोही छैन‘ बोलको गीत साउन ३१ गते सेलिब्रेटी टाइम्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ‘लापत्ता सन्तान‘को टिजर साउन ६ गते सोही च्यानलबाट सार्वजनिक भएको छ।


टिजर र गीत मात्रै सार्वजनिक गरेका ज्ञवालीले ‘रित्तो गाउँ’ र ‘लापत्ता सन्तान’चै किन सार्वजनिक गरेका छैनन् त? ‘अहिले म अर्को प्रोजेक्ट ‘साइलेन्स टुर’मा व्यस्त छु। यो पनि तयार भइसकेपछि सार्वजनिक गर्ने विषयमा कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिनेछु,’ ज्ञवालीले भने, ‘केही समयअघि काठमाडौँस्थित ‘बिग मुभिज’मा रित्तो गाउँको विशेष प्रदर्शन भएको थियो। त्यसपछि विभिन्न फेस्टिभलमा रित्तो गाउँले सहभागिता जनाइरहेको छ।’लामो समय सञ्चारकर्ममा सक्रिय रहेका ज्ञवाली कोरोना महामारीका बेला लकडाउन भएपछि फिल्म निर्माणमा प्रवेश गरेका हुन्। उनका ‘एक लभर’, ‘डार्क मुन’, ‘हनिमुन’, ‘आराध्या’लगायत सर्ट फिल्म बनाएका थिए।


हाल नेपाल तथा वाहिरी मुलुकमा रित्तो गाउँको विशेष प्रदर्शनको तयारीमा रहेका रामजीले लापत्ता सन्तानलाई पनि केही ठाउँ विशेष प्रदर्शन गर्ने योजना गराएका छन् । साइलेन्स टुरको धमाधम स्क्रिप्ट लेखनको काम भइरहेको र छिट्टै प्रोजेक्टबारे थप जानकारी गराउने ड्रामा डाइरेक्टर ज्ञवालीको तयारी छ ।


कमेन्ट गर्नुहोस्