
तिलोत्तमा,२०८१ असोज ४ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटिहवामा संचालित लिस्नु युवा क्लबको आयोजनामा भाद्र २२ गतेदेखी सञ्चालित २२ औ लिस्नु कप प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा फर्साटिकर युवा क्लब बिजयी भएको छ। आज भएको फाइनल खेलमा फर्साटिकर युवा क्लबले १ गोलका बिरुद्ध २ गोलको अन्तरले समपुर्ण युवा क्लब, सुपौलीलाई पराजित गरि उपाधि हात पारेको हो।
फर्साटिकरले समपुर्ण युवा क्लब, सुपौलीलाई २/० को गोल अन्तरले पराजित गरेसंगै खेलको यसपालिको पनि बिजेता बन्दै ट्रफी मेडल नगद पुरस्कार सहित हात पार्न सफल भएको छ । आज भएको प्रतिश्प्रधात्मक फाइनल खेलमा दुवै तर्फको जोडदार प्रयास भएपनी समपूर्ण धेरै प्रयासका बाबजुद पनि हार खेप्नु पर्यो। फ़र्साटिकरका खेलाडीको प्रयास भने २ गोल सम्म राम्रै टिक्यो।
रुपन्देहीको कोटिहवास्थित पशुपति उच्च माविको मैदाननमा नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताका बिजेता फर्साटिकरले नगद रु ३ लाख २५ हजार रुपैयाँ सहित शिल्ड मेडल ट्रफी हातपारेको छ भने दोस्रो हुने समपुर्णले नगद रु १ लाख ६५ हजार रुपैयाँ सहित शिल्ड मेडल र ट्रफी प्राप्त गरेका छन्। बिजेता तथा उपबिजेतालाई मेन स्पोन्सर स्वर्गीय कमलराज पाठकका आमा, श्रीमती लक्ष्मी पाठक भण्डारी तथा छोरा अभिषेक सहित तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, तिलोत्तमा-१५ का वडा अध्यक्ष खेमराज पाठक, वडा सचिव मान बहादुर खाती, वडा सदस्य कल्पना पासी, पंचकन्याका ध्रुव कुमार श्रेष्ठ, क्लबका अध्यक्ष तिर्थराज मल्ल, खेल संयोजक कृष्ण गुरुङ लागयातका उपस्थिति अतिथीहरुले पुरष्कार प्रदान गरेका थिए।
त्यस्तै सबै खेलभरिमा उत्कृस्ट हुने खेलाडीलाई नगद सहित सम्मान गरिएको थियो। यस बर्ष उदयीमान खेलाडी समपुर्नका अभिषेक वाइबा भएका छन् भने ,उत्कृस्ट गोल रक्षक समपुर्ण कै प्रदिप भण्डारी भएका छन्। त्यस्तै सर्बाधिक गोलकर्ता पनि समपूर्ण कै सुजन राज गौतम बन्दै सबै खेलाडीले बिशेष गिफ्ट ह्याम्पर सहित नगद रु ११ हजार पाएका छन्। त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिज फर्साटिकरका रुपेश केसी भई नगद रु २५ हजार सहित बिशेष गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। खेलमा अनुसासित टिम तिलोत्तमाको संजीवनी एफ सी बनेको छ।
कमेन्ट गर्नुहोस्