
तिलोत्तमा,२०८१ असोज २ गते।तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको प्रथम शृङ्खला उत्साहजनक रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डा. मुरारी पराजुलीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार ऋषिराम भुसालको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार रुद्र ज्ञवाली, प्राज्ञ बुँद राना, साहित्यकार वनमाली निराकार, साहित्यकार बुद्धिसागर भट्टराई विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
संस्थाका महा सचिव तथा साहित्यकार लिलाधर पाण्डेले संचालन तथा उपाध्यक्ष एवम् छन्द अभियान्ता कविराज पौडेलले स्वागत गर्नुभएको थियो। साहित्यलाई जीवन्त राख्न र नव सर्जकहरुका लागि उत्प्रेरणा दिन यो कार्यक्रम महत्त्वपूर्ण रहेको कुरा सहाभागी अतिथिहरुले बताउनुभयो । साहित्यकार रमेश समर्थनले समिक्षको भूमिका निर्वाह गर्नुभएको थियो।कार्यक्रममा खगेन्द्र बस्याल ,मोहन मरासिनी, उद्धव देवकोटा, ढालानन्द चालिसे, सागर के.सि.,संगम अनुरागी,अम्बिका पोखरेल,यज्ञलाल सुवेदी, डी.आर.न्यौपाने ,राजु चालिसे,माधव वाग्ले, प्रकाश घिमिरे, चन्दा गुरुङ्ग, लगाएतले आफ्ना रचना बाचन गर्नुभएको थियो।तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिवार हुने कुरा संस्थाका अध्यक्ष डा. मुरारी पराजुलीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्